Call us for any queries

+977-01-5914759

Naxal, Kathmandu

Nepal

Office Hour: 9:00am - 5:00pm

[email protected]

Post Details

Oct 30, 2023

प्रिमियममा शेयर निष्काशन गरेको सोनापुर मिनरल्सको शेयरमा पहिलो दिन नै नकारात्मक सर्किट

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा शेयर निष्काशन गरेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) को शेयरमा, कारोबारमा आएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको छ।

कम्पनीको शेयर दशैं अघिको अन्तिम कारोबार दिन नेप्सेमा सूचीकृत भइ आज (कात्तिक १२ गते) देखि कारोबारमा आएको हो। पहिलो कारोबारका लागि १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको यस कम्पनीको शेयर यस दिनको स्पेशल प्रि ओपन सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको थियो। नियमित बजार खुल्ने बित्तीकै ओरालो लागेको कम्पनीको शेयर अहिले १० प्रतिशत घटेर कारोबार भइरहेको छ।

मार्केट डेप्थ हेर्दा अहिले कम्पनीको शेयरमा बिक्रीकर्ताको ओइरो लागेको छ भने खरिदकर्ता शून्य छ। यस समाचार तयार पार्दासम्ममा १० प्रतिशत घटाएर प्रतिकित्ता ३१५ रुपैयाँमा बिक्री गर्ने २७ हजार ५१ अर्डर छन्। हाल कम्पनीको ४ लाख ६ हजार ७४३ कित्ता बिक्री अर्डरमा छ।

 

Source: Merolagani.

https://merolagani.com/NewsDetail.aspx?newsID=96423